सोमबार, माघ ५, २०८२

विद्युत नियमन आयोगका पदाधिकारीको विषयमा छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन

मेरोन्यूज २०७८ फागुन ८ गते १४:३५

काठमाडौँ । विद्युत नियमन आयोगको अध्यक्ष तथा सदस्यको कार्यक्षमताका सम्बन्धमा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई प्रतिवेदन बुझाएको छ ।समितिले आइतबार मन्त्रीसमक्ष प्रतिवेदन वुझाएको हो ।

Advertisement
thakur moters insidethakur moters inside

उच्च अदालतका पूर्व मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा विद्युत नियमन आयोग २०७४ को दफा ९ बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्ले २०७८ पुस ८ गते आयोगको अध्यक्ष र सदस्यको कार्यक्षमताका कारण आयोगको काम, कर्तव्य, अधिकार र जिम्मेवारी वहन गर्न नसकेको विषयमा छानबिनका लागि समिति गठन गरेको थियो । समितिको सदस्यमा पूर्व सहसचिव विष्णुबहादुर थापा र पूर्व सुपरिटेन्डेन्ट इन्जिनियर आशिष घिमिरे थिए ।

प्रतिवेदन बुझाउँदै गजुरेलले प्राप्त प्रमाणका आधारमा कानुनअनुसार प्रतिवेदन तयार गरिएकाले सरकारले कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरे । त्यस अवसरमा मन्त्री भुसालले सरकारले दिएको जिम्मेवारी पूरा गरेकामा धन्यवाद व्यक्त गर्दै समितिको सुझावलाई कार्यान्वयनमा लगिने विश्वास दिलाए ।

प्रतिक्रिया