टी-२० विश्वकप छनोट : नेपाल सेमिफाइनल पुग्ने समीकरण यस्तो

काठमाडौैं । आईसीसी पुरुष टी २० विश्वकप छनोट ‘ए’ को सेमिफाइनल समीकरण रोमाञ्चक बनेको छ । दुई समूहका टोलीबीच दुई दुई खेल हुँदा प्रतियोगिताको सेमिफाइनल समीकरण थप रोमाञ्चक भएको हो । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी प्रतियोगिताको फाइनल पुग्ने दुई टोली ग्लोबल छनोटमा स्थान बनाउने छन् । त्यसअघि सहभागी टोली शीर्षस्थानमा रहँदै सेमिफाइनल पुग्न संघर्ष गरिरहेका छन् ।
समूहको अन्तिम खेलमा जर्मनीले आयरल्यान्डको सामना गर्दैछ भने बहराइनले संयुक्त अरब इमिरेट्स ९यूएई०सँग प्रतिस्पर्धा गर्दैछ । यता, क्यानडा र नेपाल भिड्दा ओमानले फिलिपिन्सको चुनौती पछ्याउनेछ ।
समूह ए को खेलमा यूएई सँगै बहराइन र आयरल्यान्ड सेमिफाइनल नजिक छन् । लगातार दुई खेलमा पराजित जर्मनी भने प्रतियागिताबाट बाहिरिएको छ ।
यता, नेपाल रहेको समूह ‘बी’ मा नेपालसहित क्यानडा र आयोजक ओमानको उत्तिकै सम्भावना रहेको छ । नेपालको उच्च सम्भावना रहँदा फिलिपिन्स भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ । समूहमा नेपाल दुई खेलबाट सतप्रतिशत जितसहित चार अंक बनाएर शीर्षस्थानमा छ । क्यानडा र ओमानको समान दुई अंक छ । रेट रनरेटका आधारमा समेत नेपाल बलियो स्थितिमा छ ।
अब अन्तिम खेलमा नेपालले क्यानडाको सामना गर्दैछ । भोलि (सोमबार) पौने ४ बजे सुरुहुने खेलमा नेपाल विजय भए अपराजित रहँदै विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्नेछ । यदि नेपाल पराजित भए पनि रनरेटमा बलियो स्थितिमा छ । यस्तो अवस्थानमा झिनो अन्तरले पराजित भए पनि नेपालल सेमिफाइनलमा पुग्न सक्छ ।
अर्को खेलमा ओमान र फिलिपिन्स भिड्दैछन् । यस खेलमा समेत फिलिपिन्स विजयी भए नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ ।
यदि यो खेलमा ओमान विजयी भए र नेपाल पराजित भए यस्तो अवस्थामा रनरेट हेरिनेछ । रनरेटमा बलियो हुने दुई टोलीले सेमिफाइनल ढोका खेल्नेछन् । हार नेपालको रेटरनरेट ४ दशमलब ३७५ छ । क्यानडाको २ दशमलब ५१२ रहँदा ओमानको माइनस शून्य दशमलब ५६३ छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया