शुक्रबार, वैशाख २५, २०८३

बालुवाटारमा कांग्रेस शीर्ष नेताहरुको जमघट

प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई भेटेरै एमसीसीमा सहयोगी बन्न आग्रह गर्ने बरिष्ठ नेता रामचन्द्र पौडेलको तयारी

मेरोन्यूज २०७८ फागुन ९ गते १४:३२

Advertisement
NiccNicc
फाइल फोटो

काठमाडौं । संसदमा एमससिी सम्झौता अनुमोदनका लागि पेश गरेपनि सत्ता गठबन्धन दलबाटै असहयोग हुने ठम्याईका साथ कांग्रेस शीर्ष नेताहरु एमसीसी सदनमा अनुमोदन गराउने रणनीति तय गर्न छलफलमा बस्न लागेको छन् । केही वेर पछि कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बस्न लागेका हुन् ।

छलफलका लागि प्रधानमन्त्री शेरवहादुर देउवाले पार्टीका उपसभापतिद्दय पूर्णवहादुर खडका, धनराज गुरु , महामन्त्रीद्दय गगन थापा, विश्वप्रकाश शर्मा, पार्टीका संसदीय दलका सचेतक पुष्पा भुसाल, कानुनमन्त्री दिलेन्द्र बढु, सञ्चारमन्त्री ज्ञज्ञानेन्द्रवहादुर कार्की र केही पूर्वपदाधिकारीहरूसम्मलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

बैठकमा सत्ता गठबन्धन दलसँगको अवको सम्वन्ध, प्रतिपक्षी दलसँगको सम्वन्ध लगायतका विषयमा छलफल गदै एमसीसी पारित गर्न संसदमा कांग्रेस दलले निर्वाह गर्ने भूमिका, गठबन्धनमा साझा धारणा बनाउन गरिने प्रयास र अन्य विकल्पबारे छलफल हुने बताइएको छ ।

उता कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भने गठबन्धनमै सहमति बनाएर एमसीसी पारित गर्नुपर्ने बताईरहेका छन् । उनले अहिलेको गठबन्धन तोडन नहुने र गठबन्धनकै सहयोगमा अव एमसीसी पारित गरेर जानुपर्ने आग्रह सहित गठबन्धन दलका शीर्ष नेताहरुसँग सम्वाद बढाउन लागेका छन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी जसपाका अध्यक्ष उपेन्द् यादवसँग अलग अलग भेटवार्ता गरी छलफल गर्न लागेका हुन् ।

पौडेलले उच्चस्तरयि राजनीतिक दलका संयोजकको हैसियतमा गठबन्धन दलका शीर्ष नेतालाई भेटी गठबन्धन जोगाउन र एमसीसी पारित गराउन सहयोगी बन्न आग्रह गर्ने गरी भेट गर्न लागेकाके बताएका छन् ।

प्रतिक्रिया