मंगलबार, माघ ६, २०८२

बाबुराम पक्षले हस्ताक्षर थालेपछि उपेन्द्रले बोलाए पार्टीको बैठक

मेरोन्यूज २०७८ फागुन ९ गते १५:१३

काठमाडौँ । आन्तरिक विवादमा रुमल्लिरहेको जनता समाजवादी पार्टी (जसपा)को विवाद उत्कर्षमा पुग्न लागेको छ ।

Advertisement
thakur moters insidethakur moters inside

पार्टीको केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाउन माग गर्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले हस्ताक्षर संकलन थालेपछि उपेन्द्रले बैठक बोलाएका हुन् । उनले फागुन १३ गते पार्टीको बैठक बोलाएका छन् ।

जसपामा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवबीच चर्को विवाद छ । भट्टराईले अशोक राईको समेत साथ लिएर पार्टीमा बहुमत जुटाउने र कार्यकारी अधिकार लिने प्रयास गरेका छन् ।

प्रतिक्रिया