रेष्टुरेन्टमा बन्धक बनाइएका तीन किशोरीको उद्धार

धनगढी । कैलालीको धनगढीस्थित रेष्टुरेन्टमा बन्धक बनाएर राखिएका तीन किशोरीको उद्धार गरिएको छ ।
धनगढीको मुख्यबजारमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन महिनादेखि बन्धक बनाएका ती किशोरीहरूको सोमबार उद्धार भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले उनीहरूलाई तीन महिनादेखि बन्धक बनाएर राखेको सूचना पाएपछि छनबिन सुरु गरेको बताए ।
उनका अनुसार काम गराउने भनेर तीन महिनाअघि रेष्टुरेन्टमा राखिएका किशोरीलाई काम मात्रै गराउने तर तलब नदिने र बाहिर निस्कन पनि नदिएको गरेको गुनासोपछि छानबिनन गरिएको हो ।
किशोरीहरूलाई बन्धक बनाएको आरोपमा रेष्टुरेन्टका सञ्चालकसहित तीन जनालाई पक्राउ गरिएको छ ।
रेष्टुरेन्टमा युवतीहरूलाई बन्धक बनाएको भन्ने उजुरी मानव अधिकारसम्बन्धी संस्थाले दिएको प्रवक्ता जोशीले बताए । किशोरीहरूले यौनशोषण भने नभएको बताएका छन् ।
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया