गठबन्धन टिकाउनेमै प्रचण्डको ध्यान, पौडेललाई दिए बचन
पौडेलको प्रस्तावः एमसीसी र गठबन्धन दुवै फेल हुनु भएन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै सत्ता गठबन्धन नटुटाउने रणनीति बनाएका छन् ।
गठबन्धन कायमै राख्नकै लागि उनले एमसीसी टेबल गर्न दिने भनी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सहमत गराए । प्रचण्डसँगकै छलफलपछि नेता नेपालले पार्टी नेताहरुको बिरोधकै बाबजुद एमसीसी संसदमा टेबल हुन नरोक्ने स्थायी समिति बैठकबाट औपचारिक निर्णय गराए ।
आइतबार संसदमा सत्ता गठबन्धन दलका नेताहरु तथा सडकमा युवाहरुको विरोधकैबीच एमसीसी प्रस्ताव सदनमा टेबल गरियो । एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा पेश गरिएपछि प्रधानमन्त्री तथा प्रधानमन्त्रीको दल नेपाली कांग्रेसका नेताहरुले एमसीसी पारित गर्ने गरी अन्य राजनीतिक दलका नेताहरुसँगको सम्वाद बाक्लो बनाएका छन् ।
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन दलका प्रमुख नेताहरुसँगको भेटघाटलाई तिव्र बनाएका छन् । त्यहीक्रममा उनले सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्डसँग भेटवार्ता गरे । अहिले कायम सत्ता गठबन्धनलाई टिकाएर जानुपर्ने पक्षमा रहेका पौडेल गठबन्धन भत्किँदा कम्युनिष्टहरुको गठबन्धन निर्माण हुन सक्ने आशंकामा छन् ।
सोही कारण पनि उनी अहिलेकै गठबन्धन जोगाएर जानुपर्ने त्यसका लागि ठबबन्धन पनि जोगाउने र एमसीसी पनि पारित गराउने विधि के हुन सक्छ ? भन्नेमा सत्ता गठबन्धन दलकै शीर्ष नेताहरुसँग छलफलमा बसेका हुन् ।
पौडेलको आसय वुझेका माओवादी अध्यक्ष प्रचण्डले पनि पौडेललाई गठबन्धन नभत्किने वचन दिएका थिए । भेटपछि सञ्चारकर्मीसँग कुरा गदै प्रचण्डले एमसीसी र सत्ता गठबन्धनका विषयमा पौडेलसँग सम्वाद भएको बताए ।
प्रचण्डसँग एमसीसी सदनबाट निकास पाउनुपर्छ भन्ने विषयमा छलफल भएको कांग्रेस नेता पौडेलले बताए ।
‘एमसीसी पनि फेल हुनु भएन र गठबन्धन पनि फेल हुनु भएन भन्ने प्रस्ताव प्रचण्डजीलाई राखे , प्रचण्डजी पनि त्यसमा सहमत हुनुभएको छ,’ नेता पौडेलले मेराे न्यूजसँग भने ।
नेता पौडेल गठबन्धनको उच्चस्तरीय संयन्त्रका संयोजक समेत हुन् । उनले गठबन्धनका शिर्ष नेताहरुसँग भेटेका हुन् ।
आइतबार संसदमा एमसीसी टेबल भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा तिब्र रुपमा आफू निकट र अन्य दलका शिर्ष नेताहरुसँग छलफलमा छन् । देउवा संसदमा कसरी बहुमत पु्र्याउँने विषयमा लागेका देखिन्छन् ।
पौडेलसँगको भेटपछि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
(शीर्षक परिवर्तन गरिएको छ सं.)

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया