पोखरामा परेको असिना पानीले ११ करोड रुपैयाँ क्षति

काठमाडौँ । पोखरामा गत आइतबार परेको भीषण असिना पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूल नष्ट भएको हो ।
पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताए । उनले राज्यले कृषकलाई दिएको बिमा सुविधासमेत कृषकले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताए ।
उनले असिनाका कारण सो वडामा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलुलगायत बालीमा पूर्ण क्षति पुगेको जानकारी दिए । उनका अनुसार असिना पानी परेको दोस्रो दिनसम्म असिना पग्लिएको छैन ।
पोखरा महानगरका कूल ३३ वडामध्ये दुई हजार १८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल तीन सय २० हेक्टर क्षेत्रफलमा, आलु एक हजार २५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ । असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया