ए डिभिजन लिगः अन्तिम चरणका खेल भोलिबाट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणका खेलहरू भोलि (बिहीबार) बाट सुरु हुँदैछ ।
जारी लिगमा १२औँ चरणका खेल मंगलबारबाट समाप्त भएसँगै एन्फाले यसै हप्ताको अन्तिमसम्म शीर्ष डिभिजन लिग सक्काउने गरी तालिका सार्वजनिक गरेको हो ।
बिहीबारबाट तीनदिनसम्म चल्ने अन्तिम चरण शनिबार समापन हुनेछ । एन्फाले यस चरणका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गर्दैछ । समापनको खेलबाहेक अन्य ६ खेल दिउँसो १ बजे हुनेछन् ।
पहिलो दिन दुई खेल हुनेछ । एन्फामा ‘ए’ डिभिजन लिगको हैसियत गुमाइसकेको च्यासल युथ क्लब र सातदोबाटो युथ क्लब भिड्दा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब दशरथ रंगशालामा आमुनेसामुने हुनेछन् ।
शुक्रबार पनि दुई खेल हुनेछ । दुबै खेल १ बजे हुने छन् । जावलाखेल र संकटा क्लब दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दा दोस्रो डिभिजनमा घटुवा भइसकेको ब्रिगेड ब्वाइज क्लबले थ्रीस्टार क्लबको सामना गर्नेछ ।
अन्तिम दिन तीन खेल हुने छन् । एन्फामा एनआरटी फुटबल क्लब र नेपाल पुलिस १ बजे खेल्दा सोही समय त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबले दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने छन् ।
यता, लगातार शीर्ष डिभिजन लिग च्याम्पियन भइसकेको मछिन्द्र फुटबल क्लबले एपीएफ फुटबल क्लबको चुनौती सामना गर्दै अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ । खेल साढे ४ बजे दशरथ रंगशालामा हुनेछ ।
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
नेपाल अमेरिकासँग पराजित
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया