अत्यावश्यक काममा बाहेक युक्रेनमा नबस्न परराष्ट्र मन्त्रालयको आग्रह
मेरोन्यूज
२०७८ फागुन ११ गते १४:३२

काठमाडौं । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ । बुधबार मन्त्रालयले एक विज्ञप्ति जारी गदै अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक अन्य उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो ।
पछिल्लो समय रुससँगको तनावका कारण युक्रेनमा हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको छ । मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न पनि नेपाली नागरिकलाई आग्रह गरेको छ ।
हाल युक्रेन मामिला हेर्दै आएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासमा युक्रेनका ३८ नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सकुशल रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया