आईसीसी वरीयताः सन्दीपको १६ स्थान सुधार

काठमाडौं । आइसीसी टी – २० बलिङ वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १६ स्थान सुधार गरेका छन् ।
आइसीसीले बुधबार जारी गरेको वरीयतामा नेपालका लेग स्पिनर सन्दीप ठुलो छलाङ मार्दै वरीयताको ४३औं स्थानमा उक्लिए । यसअघि उनी ५९औं स्थानमा थिए ।
यस्तै, नेपाली टोलीका मिडियम पेस बलर अविनाश बोहरा वरीयताको ८६औं स्थानमा उक्लिए । यसअघि वरीयताको ९८औं स्थानमा रहेका अविनाशले १२ स्थान सुधार गरे ।
टी-२० विश्वकपको ग्लोबल छनोटमा सन्दीप र अविनाशले गरेका प्रदर्शनका आधारमा आइसीसीले नयाँ वरीयता सार्वजनिक गरेको हो । यद्यपि छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना पूरा हुन सकेन ।
वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका बलर तबरेज साम्सी यथावत छन् । यस्तै, दोस्रो स्थानमा अस्ट्रेलियाका जस हेजलउड र तेस्रो स्थानमा इङ्ल्यान्डका आदिल रासिद पनि यथावत् छन्
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया