पुटिनले भने : सेनामाथि भरोसा छ

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी चासो र सुरक्षाबारे वार्ता गर्न नसकिने बताएका छन् । थप रुसी सेना युक्रेनको सिमाना नजिक पुगेको विवरण सार्वजनिक भइरहेका बेला राष्ट्रपति पुटिनको सो भनाई आएको हो ।
रुस सीधा र इमान्दार वार्ताका लागि सधै तयार रहेको बताउँदै पुटिनले सेनामाथि पूर्ण भरोसा भएको बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी आक्रमणको सुरु भएको बताएपछि पुटिनले भिडियो सम्बोधनमार्फत सो धारणा व्यक्त गरेका हुन् ।
यसैबीच अमेरिकालागायत पश्चिमा मुलुकहरुले रुसविरुद्ध विभिन्न प्रतिबन्ध घोषणा गरेका छन् । ‘हामीले रुसी सरकारलाई पश्चिमी वित्तिय सहायताबाट अलग गरेका छौँ,’ रुसको सदनले पूर्वी युक्रेनमा सेना पठाउन त्यहाँको संसदले अनुमोदन गरेपछि बाइडेनले भने ।
सोमबार मात्र पुटिनले पूर्वी युक्रेनको बिखण्डनकारी क्षेत्र दोनेत्सक र लुहान्सकालाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो । यसैबीच, युक्रेनले आफ्ना सम्पूर्ण नागरिकलाई रुस छोड्न आग्रह गरेको छ ।
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया