बुधबार, पुष ३०, २०८२

पसलमा आगलागी हुँदा लाखौँको क्षति

मेरोन्यूज २०७८ फागुन १२ गते ९:५५

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका ७ को पर्सेनीको एक पसलमा आज बिहान आगलागी हुँदा लाखौँ मूल्यका सामान जलेर नष्ट भएका छन् । बिहान करिब ३ः३० बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालका अनुसार सुरक्षकर्मी, स्थानीयवासी घटना स्थलमा पुगेपछि अन्य घर थप क्षति हुनबाट जोगिएका छन् । उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको बताइएको छ ।

क्षतिको यकीन विवरण आउन नसकेको भए पनि प्रारम्भिक अनुमानअनुसार १८ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको पीडितले बताएको प्रहरीले जनाएको छ । पसलकै घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको बताइएको छ ।

प्रतिक्रिया