प्रहरीको कारबाहीमा एक भारतीय गाँजा तस्करको मृत्यु

काठमाडौँ । प्रहरीको गोली लागेर बारामा एक भारतीय गाँजा तस्करको मृत्यु भएको छ । बुधबार राति सात-आठ जनाको समूहले ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको गस्ती बढाएको थियो ।
प्रहरी टोली गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका २ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउण्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक गाजा तस्करको मृत्यु भएको बताइएको छ । भारतीय नागरिकलाई कम्मरमा गोली लागि घाइते भई उपचारका लागि कलैया अस्पताल ल्याएकामा निजको राति १ः३० मिनेटमा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।
प्रहरीको जवाफी फायरपछि तस्करले गाँजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता थापाले बताए । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेको थापाले जानकारी दिए ।
शवलाई प्रदेशिक अस्पतालमा राखिएको छ ।












यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
Party unity imperative: Leader Koirala
NC’s SGC endorses working procedure, proposes dissolution of central leadership
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया