हानिबर्द्धक ब्रान्डको प्रचार नगर्ने लारा दत्ताको घोषणा

काठमाडौं,
बलिउड अभिनेत्री लारा दत्ताले स्वास्थ्यलाई हानि पुर्याउने कुनै पनि ब्रान्डको प्रचारप्रसार नगर्ने घोषणा गरेकी छन् । उनले सेनेटरी नेप्किन, मदिरा र सुर्तीजन्य ब्रान्डको प्रचारप्रसार नगर्ने खुलाएकी हुन् ।
उनले यी उत्पादन आफूले प्रयोग गर्न नसक्ने भएकाले पनि यसको प्रचार नगर्ने जनाएकी छन् । लारा कैयौं विज्ञापनमा देखिइसकेकी छन् । जसमा खाना बनाउन प्रयोग गरिने तेल, टुथपेस्ट र गाडीहरू सामेल छन् ।
‘म मदिरा र सुर्तीजन्य कुनै पनि ब्रान्डसँग जोडिएको छैन । मलाई लाग्छ कि यस्तो ब्रान्डको प्रचारप्रसार गरिनुहुँदैन । मैले सेनेटरी नेप्किनको पनि प्रचारप्रसार गर्न अस्वीकार गरिसकेको छु’, उनले भनेकी छन् ।
लाराले पछिल्लोपटक फिल्म ‘बेल बटम’मा आफूलाई भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा प्रस्तुत गरेकी थिइन् । यो फिल्ममा अक्षय कुमार र हुमा कुरैशीले पनि प्रमुख भूमिकामा अभिनय गरेका थिए ।
लाराले सन् २००० मा ‘मिस युनिभर्स’को उपाधि जितेकी थिइन् । सन् २००३ मा फिल्म ‘अन्दाज’बाट बलिउडमा ‘डेब्यु’ गरेकी लाराले ‘मस्ती’, ‘नो एन्ट्री’, ‘भागम भाग’, ‘झूम बराबर झूम’, ‘पार्टनर’, ‘चलो दिल्ली’ र ‘डन २’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् ।
















उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
नेप्सेमा झिनो अंकको गिरावट
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया