आइतबार, पुष १३, २०८२

सुनको मूल्य प्रतितोला झण्डै लाख रुपैयाँ

मेरोन्यूज २०७८ फागुन १२ गते ११:४५

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेर ९९ हजार तोकिएको छ । हिजो बुधबार ९६ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० तोकिएको छ । जसको मूल्य बुधबार प्रतितोला ९६ हजार थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ ले बढेर एक हजार ३१५ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया