शनिबार, माघ ३, २०८२

काठमाडौँका यी स्थानमा सवारी जान रोक

मेरोन्यूज २०७८ फागुन १२ गते १२:४०

काठमाडौँ । काठमाडौँ उपत्यकाको भद्रकाली, माइतिघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ । तिनुकने बानेश्वर भएर चल्ने सवारी साधनलाई विभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तिनकुनेबाट नयाँबनेश्वरतर्फ आउने सबै सवारी साधनलाई तिनकुनेबाट नै ड्राइभर्सन गरीएको छ । भद्रकाली–सिंहदरबार–माइतिघर हुदै बानेश्वरतर्फ जाने सवारी साधनलाई भद्रकालीबाटै ड्राइभर्सन गरी त्रिपुरेश्वर, थापाथली हुँदै पठाइएको ट्राफिक प्रहरीले बताएको छ ।

पद्मोदय मोडबाट पनि हनुमानथान हुँदै थापागाउँ जाने ठूला तथा तिनपाङग्रे सवारी साधनलाई पद्मोदय मोडबाटै ड्राइभर्सन गरिएको छ । अमेरिकी सहयोग परियोजना लिमेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा विभिन्न दलका कार्यकताले प्रर्दशन गरेपछि उक्त सडक खण्डको आवागमन डाइभर्ट गरिएको हो ।

प्रतिक्रिया