६२ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ
काठमाडौँ । अदालतले बैंकिङ कसुर गरेको ठहर गरी ६२ लाख रुपैयाँ जरिवाना र १० दिन कैद तोकिएका फरार एक व्यक्ति पक्राउ परेका छन् । उनलाई प्रहरीले आज काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका २ बस्ने विश्वनाथ अधिकारी रहेका छन् । उनले आव २०७६–२०७७ नेपाल बैंक लिमिटेड, न्यूरोडस्थित आफ्नो खाताबाट रकम भुक्तान हुने गरी रकम नै नभएको चेक काटेर दिएका थिए ।
उक्त मुद्दामा उच्च अदालत पाटनले २०७८ कात्तिक २९ मा अधिकारीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुर प्रमाणित गरी ६२ लाख आठ हजार रुपैयाँ जरिवाना र १० दिन कैद हुने ठहर गरेको थियो ।
यसपछि फरार हुँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजत लासका लागि परिचालित टोलीले आज तारकेश्वरबाट पक्राउ गरेको हो । अधिकारीलाई आजै फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
















थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया