युक्रेनमा रहेका ३८ जना नेपाली एनआरएनएको सम्पर्कमा आए
मेरोन्यूज
२०७८ फागुन १२ गते १६:३०

काठमाडौं । युक्रेनमा रहेका ३८ जना नेपाली गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद युक्रेनको सम्पर्कमा आएका जनाएको छ ।
परिषदका अध्यक्ष हरि मल्ल एक विज्ञप्ति जारी गदै युक्रेनमा पछिल्लो समय विकशित घटनाक्रमबीच सम्पर्कमा आएका सबै सकुसल रहेका जानकारी दिएका छन् ।
उनले भने ,‘युक्रेनमा ४४ जना विद्यार्थीहरु र टान्जिटमा २०० जभन्दा बढी रहेको जानकारी प्राप्त भएको छ ।’
उनले युक्रेनमा रहेका सबै नेपालीहरुलाई आफुहरु सुरक्षित रहन र त्यहाँको घटनाक्रम मुल्याङका गरी आवश्यक परे स्वदेश फर्कन संघ आग्रह गरे ।
लामो तनावका बीच रुसले बिहीबार बिहानै युक्रेनमाथि मिसाइल हमला गरेको छ । हमलामा कम्तिमा नौ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
सम्बन्धित
















नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया