आइतबार, पुष १३, २०८२

सेञ्चुरी बैंकको टेकु र पेप्सीकोलामा शाखा विस्तार

मेरोन्यूज २०७८ फागुन १२ गते १८:०८

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौंका दुई स्थानमा शाखा थप गरेको छ । बैंकले टेकु र पेप्सीकोलामा दुई वटा नयाँ शाखा (आज) बिहिबारदेखि सञ्चालनमा ल्याएको हो ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका सञ्चालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा.गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

टेकु र पेप्सीकोला शाखासहित उपत्यकाभित्र सेञ्चुरी कमर्सियल बैंकको शाखा संख्या २५ पुगेको छ ।

भने देशैभर बैंकको कुल शाखा १२८ पुगेको छ । बैंकले १० एक्सटेन्सन काउण्टर २५ शाखारहित बैंकिङ्ग र १०७ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया