एमसीसीको विरोध गरेकोमा ओलीले गरे सत्ता गठबन्धनको आलोचना
पाँच दल अहिले चुनाव नगर्ने षड्यन्त्रमा लागेको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलहरुले एमसीसीको विरोध गरेकोमा आलोचना गरेका छन् ।
पोखरामा आज आयोजित कार्यकर्ता भेलामा बोल्दै ओलीले गठबन्धनका दलहरु आफै सरकारमा बसेर सडकमा उत्रिएको भन्दै आलोचना गरेका हुन् ।
‘एमसीसी पास गर्ने भनेर आफै एमसीसी पेश गरेका छन्, सडकमा आफैले ढुंगा हानेका छन् ।’– ओलीले भने नेकपा माओावादी केन्द्रकै सभामुख रहेका अग्नि सापकोटा एमसीसी टेबल गर्ने काम गरेको र माओवादीकै कार्यकर्ताले सडकमा ढुंगा हानेको उनको भनाई थियो ।
सरकारमा पनि बस्नेहरुले सडकमा पुलिसलाई ढुंगा हान्न लगाएको भन्दै ओलीले सत्ता गठबन्धन दलहरुप्रति आक्रोश ब्यक्त गरे ।
निर्वाचन आयोगले निर्वाचनको तयारी गरिरहे पनि सत्ता गठबन्धन पाँच दल अहिले चुनाव नगर्ने षड्यन्त्रमा लागेको उनको आरोप छ ।
पाँच दलीय गठबन्धन भ्रष्टाचार गर्नका लागि बनेको पनि ओलीले आरोप लगाएका छन् ।
त्यसैगरी,ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रका कारण देशमा संकट आएको बताए । पुतलीको चिनियाँ कथा सुनाउँदै उनले प्रचण्डको चरित्र पनि छुट्याउनै नसक्ने खालको भएको बताए । त्यसअघि उनले चिनियाँ कथा सुनाए ।
चिनियाँ एउटा कथा छ, एउटा पुतली उड्दै रस चुस्दै गयो । टन्न अघाएर डालीमा बस्दा निदाएछ । निदाउँदा उसले मान्छेको सपना देखेछ । युवा हुर्केर केटीसँग बिहे गरेछ । जागिर खाएछ, छोराछोरी भएछ । अनेक काम गर्दै गएछ । त्यतिबेलै पानीको थोपो परेछ र झल्याँस्स ब्युँझिएछ । अनि अघिको सपना रहेछ म त पुतली रहेछु भन्ने थाहा पायो । पुतली भयो फेरि उड्यो, अर्को पुतली भेट्यो । जिन्दगी रमाइलोसँग बित्दै थियो, फेरि श्रीमतीले छिटो उठ बुढा भनेर बोलाईछे । ऊ अलमलमा परेछ । म पुतली हो कि मान्छे ?
कथा सुनाएपछि ओलीले भने, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन् । अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन् । यो मान्छे हो कि पुतली हो ? कुन सहि हो, कुन गलत हो ?’
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया