हारको संघारबाट जोगियो थ्री स्टार, लिगकाे टप पाँचमा पनि परेन

इन्जुरी समयमा घनिफो रोमाहले गोल गरेपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग-२०७८ अन्तर्गत अन्तिम चरणको खेलमा थ्री स्टार क्लब हारको संघारबाट जोगिएको छ । लिगको १३औं चरणको खेलमा शुक्रबार थ्री स्टार दोस्रो डिभिजनमा घटुवा भइसकेको टोली ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग १-१ को बराबरीमा रोकियो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा प्रशान्त तामाङले गरेको गोलबाट बीबीसीले अग्रता लिए पनि खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा अंक बढ्यो । प्रशान्तले गोलकिपर गुरप्रित सिंहबाट आएको लामो पासलाई मैदानको मध्यभागबाट अघि बढाउँदै गोल गरेका थिए ।
तर, इन्जुरी समयको अन्तिम मिनेटमा घनिफो रोमाहले गोल गरेपछि थ्री स्टार हारको संघारबाट जोगिएको थियो । रोमाहले डोना थापाको पासलाई पोस्टको दिशा दिएका थिए ।
बराबरीसँगै १९ अंक जोडेको थ्री स्टार तालिकाको छैटौं स्थानमा यथावत् छ । थ्री स्टारले १३ खेलमध्ये चारमा जित, सातमा बराबरी र दुई खेलमा हारको नतिजासहित लिगको अन्त्य गर्याे ।
यस्तै, दोस्रो डिभिजनमा घटुवा भएको बीबीसीले १३ खेलबाट आठ अंक जोड्यो । बीबीसीले एकमा जित, पाँचमा बराबरी र सात खेलमा पराजयको नतिजा निकाल्यो । लिगमा ११औं चरण चलिरहँदा साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो । त्यस्तै, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) दोस्रो डिभिजनमा घटुवा भइसकेको छ ।
















नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
प्रतिक्रिया