हारको संघारबाट जोगियो थ्री स्टार, लिगकाे टप पाँचमा पनि परेन

इन्जुरी समयमा घनिफो रोमाहले गोल गरेपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग-२०७८ अन्तर्गत अन्तिम चरणको खेलमा थ्री स्टार क्लब हारको संघारबाट जोगिएको छ । लिगको १३औं चरणको खेलमा शुक्रबार थ्री स्टार दोस्रो डिभिजनमा घटुवा भइसकेको टोली ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग १-१ को बराबरीमा रोकियो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा प्रशान्त तामाङले गरेको गोलबाट बीबीसीले अग्रता लिए पनि खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा अंक बढ्यो । प्रशान्तले गोलकिपर गुरप्रित सिंहबाट आएको लामो पासलाई मैदानको मध्यभागबाट अघि बढाउँदै गोल गरेका थिए ।
तर, इन्जुरी समयको अन्तिम मिनेटमा घनिफो रोमाहले गोल गरेपछि थ्री स्टार हारको संघारबाट जोगिएको थियो । रोमाहले डोना थापाको पासलाई पोस्टको दिशा दिएका थिए ।
बराबरीसँगै १९ अंक जोडेको थ्री स्टार तालिकाको छैटौं स्थानमा यथावत् छ । थ्री स्टारले १३ खेलमध्ये चारमा जित, सातमा बराबरी र दुई खेलमा हारको नतिजासहित लिगको अन्त्य गर्याे ।
यस्तै, दोस्रो डिभिजनमा घटुवा भएको बीबीसीले १३ खेलबाट आठ अंक जोड्यो । बीबीसीले एकमा जित, पाँचमा बराबरी र सात खेलमा पराजयको नतिजा निकाल्यो । लिगमा ११औं चरण चलिरहँदा साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो । त्यस्तै, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) दोस्रो डिभिजनमा घटुवा भइसकेको छ ।












चुरोटभन्दा हानिकारक हुक्का
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया