रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन

काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेल ४५ बर्षको उमेरमा निधन भएको छ ।
खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्र अन्तर्गत अतुलनीय उत्कृष्ट गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउँदै देश तथा जनताका लागि उल्लेखनिय योगदान पु¥याउँदै आएका थिए ।
एक दीर्घकालिन सोंच बोकेका सफल यूवा उद्यमी तथा रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेल निधनले समग्र नेपाली सिमेन्ट उद्योगलाई नै अतुलनीय क्षती पुगेको कम्पनीले जनाएको छ ।
वि.सं. २०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धि सिद्धि सिमेन्ट, शंकर गु्रप र अम्बे गु्रपको भेन्चर हो । स्थापना कालको ५ बर्ष भित्रै अतुलनीय गुणस्तरका उत्पादन तथा नवप्रवद्र्धनात्मक सेवा उपलब्ध गराउने कम्पनीका रुपमा रिद्धिसिद्धि स्थापित भइसकेको छ ।
यसरी स्थापनाको छोटो अवधिमै नेपाली उपभोक्ता माझ सफल र विश्वसनीय कम्पनीका रुपमा रिद्धि सिद्धिलाई स्थापित गराउनमा खरेलको अथक मिहेनत, अतुलनीय निस्वार्थ समर्पण र कार्यप्रतिको निष्ठाले उल्लेखनिय भूमिका खेलेको छ ।
यस्ता कर्मठ, निस्वार्थ सञ्चालकलाई अल्पायूमै गुमाउनु पर्दा रिद्धि सिद्धि सिमेन्ट प्रालि परिवार निकै मर्माहत भएको कम्पनीले जनाएको छ ।

















चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी
रुकुम पश्चिममा जनार्दन शर्मा २ हजार मतले पछि
इलाम–२ एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै
बाँकेमा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
प्रतिक्रिया