ग्राण्डीका अध्यक्ष कुँवरलाई अन्तर्राष्ट्रिय सम्मान
काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष इन्जिनियर दीपक कुँवर अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधिबाट सम्मानित भएका छन् । फ्रान्सको पेरिसमा सञ्चालित युरोपियन इन्टरनेशनल युर्निभर्सिटीले व्यवस्थापक एवं उद्यमी इञ्जिनियर कुँवरलाई नेपालको व्यावसायिक व्यवस्थापनमा कुशल नेतृत्व गरेको भन्दै शुक्रबार साँझ थाइल्याण्डको ब्यांककमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा प्रसंशनीय कार्य गरेबापत इञ्जिनियर कुँवरलाई सम्मान गरिएको सो युर्निभर्सिटीले जनाएको छ । नेपाल घरजग्गा व्यवसायी महासंघको द्वितीय उपाध्यक्षसमेत रहेका इञ्जिनियर कुँवरले गुणस्तरीय हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरेर आफ्नो व्यावसायिक क्षेत्रमा कुशलता निर्वाह गरेका थिए ।
कुँवरले गोगबुको नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि लोत्से बहुउद्देश्यीय प्रालिको अध्यक्षसमेत भएर काम गरेका थिए ।















हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण
बाजुरामा रुखबाट लडेर व्यक्तिकाे मृत्यु
प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया