वडा अध्यक्ष कार्कीको निधन
काठमाडौँ । सुर्खेत भेरीगंगा नगरपालिका १ वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ । सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राति १०ः३० बजे काठमाडौंको न्युरो अस्पतालमा निधन भएको हो ।
फागुन ८ गते रत्न राजमार्गको भेरीगंगा नगरपालिका १२ छिन्चुमा उनी सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगंजबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठक्कर दिँदा वडा अध्यक्ष कार्कीसहित स्थानीय भुपेन्द्र शाही घाइते भएका थिए ।
टाउकोमा गम्भीर चोट लागेको कार्कीको कर्णाली प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं लगिएको थियो ।
विं.सं. २०४८ सालमा जन्मिएका कार्कीले माओवादी केन्द्रबाट २०७४ सालमा वडा अध्यक्षमा विजयी भएको उनी भेरीगंगा नगरपालिकाको पार्टी सचिव रहेको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले बताए ।










एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ खिच्ने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया