जनवरीमा करिब १७ हजार पर्यटकले गरे नेपाल भ्रमण

काठमाडौँ । गत जनवरी महिनामा एक सय ५० देशका १६ हजार ९७५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोरोना महामारीले थलिएको पर्यटन उद्योगमा गत महिना नेपाल भित्रिएका पर्यटकको संख्याले आगामी दिनहरू शुभ रहने संकेत गरेको छ ।
अध्यागमन विभागका अनुसार २०२२ जनवरीमा नेपाल भित्रने पर्यटकमा १० हजार ८१० जना पुरुष र ६ हजार १५७ जना पहिला रहेका छन् । सो महिना नेपाल प्रवेश गर्ने ८ जनाको भने पहिचान खुलेको छैन ।
जनवरीमा अष्ट्रेलियाबाट एक हजार २१३, बंगलादेशबाट एक हजार २३६, चीनबाट ३२१, जर्मनीबाट ३६५, भारतबाट तीन हजार ९१६, बेलायतबाट एक हजार ८२४ र अमेरिकाबाट तीन हजार २५७ जना पर्यटक नेपाल आएको विभागको तथ्यांकले देखाएको छ ।
गत जनवरीमा नेपाल भ्रमणमा रहेका १७ हजार ९८४ जना पर्यटक स्वदेश फर्केका छन् । यसरी फर्कनेमा ११ हजार ६१७ जना पुरुष र ६ हजार ३६१ जना महिला पर्यटक रहेका छन् । फर्कनेमध्ये ६ जनाको पहिचान खुलेको छैन । जनवरीमा कूल ३४ हजार ९५९ जना पर्यटकले नेपालमा आवतजावत गरेका छन् ।
विश्वमा कोरोना महामारी फैलिएपछि सबैभन्दा बढी प्रभावित क्षेत्रमा पर्यटन पनि पर्दछ । कोरोना नियन्त्रण गर्न विश्वभर लकडाउन भएपछि पर्यटकको आवतजावत प्रायः ठप्प बनेको थियो । कोरोना खोपको विकास र प्रयोग बढेसँगै पर्यटकको आवतजावत विस्तारै बढ्न थालेको छ ।
कोरोना महामारीबीच गत वर्ष सन् २०२१ मा नेपालमा १८१ देशका एक लाख ५० हजार ९६२ जना पर्यटकले भ्रमण गरेका थिए ।













ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंककाे आग्रह
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा चौधरी
रातभरिमा सहमतिको बिन्दुमा पुग्छौँ : श्याम घिमिरे
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया