संसद बैठक बस्ने भएसँगै चार हजार प्रहरी परिचालन, यी जिल्लाबाट ल्याइए प्रहरी

काठमाडौँ । काठमाडौँ उपत्यकामा हुने सम्भावित आन्दोलन तथा प्रदर्शनलाई ध्यान दिँदै आज करिब चार हजार प्रहरी परिचालन हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)माथि छलफल हुने भएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
यसअघि प्रतिनिधिसभा बैठक बस्ने दिनहरूमा काठमाडौँमा चर्को आन्दोलन हुँदै आएको छ । संसदबाट एमसीसी अनुमोदन हुने भएसँगै भएको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
आज नयाँबानेश्वर क्षेत्रमा एसपी दिनेश मैनालीको नेतृत्वमा दुई हजार ३५३ जना नेपाल प्रहरी खटिएका छन् । यस्तै, सशस्त्र प्रहरीका एसपी नरेन्द्र सेनको नेतृत्वमा एक हजार ५६४ जना सशस्त्र प्रहरी खटिएका छन् ।
यस्तै, काठमाडौँबाहेक धादिङ, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट प्रहरी काठमाडौँ ल्याइएको छ ।
















थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया