पल शाहले भने : म प्रहरीसामु उपस्थित हुन्छु

काठमाडौँ । यौन दुराचारको आरोप लागेका अभिनेता पल शाहले आइतबार प्रहरीसामु उपस्थित हुने बताएका छन् । एक नाबालिग गायिकाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएपछि प्रहरीको फरार सूचीमा रहेका अभिनेता शाहले कानुनलाई सम्मान गर्दै आइतबार प्रहरीसामु उपस्थित हुने बताएका हुन् ।
आफू बिरामी रहेको र घर व्यवहार मिलाउँदा तथा शुक्रबारबाट रिलिज भएको आफ्नो चलचित्रलाई असर नपरोस् भनेर प्रहरीसमक्ष उपस्थित हुन नसकेको भन्दै क्षमा याचना गरेका शाहले आइतबार प्रहरीसमक्ष उपस्थित हुने बताएका हुन् ।
आइतबार आधिकारिक आफ्नो फेसबुक पेजमा शाहले लेखेका छन्, ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’
















थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया