बुधबार, पुष ३०, २०८२

प्रचण्डको निर्णयमा नारायणकाजी श्रेष्ठको असहमति

मेरोन्यूज २०७८ फागुन १५ गते १२:०२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आइतबार बिहान पार्टीले गरेको व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाएका छन् । यसअघि एमसीसीको विरोध गर्दै आएको माओवादी केन्द्रले आइतबार बिहान बसेको बैठकमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।

‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ, यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।

माओवादी केन्द्रले यसअघि एमसीसीलाई हालकै अवस्थामा अनुमोदन गर्न नसकिने निर्णय गरेको थियो । एमसीसी सम्झौताको केही बुँदा संशोधन गरेर मात्र अनुमोदन गर्ने अडान माओवादीले लिएको थियो ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विपक्षमा मतदान गरे गठबन्धन तोड्ने बताएपछि माओवादीको आजको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो । ‘आज बिहानको पार्टीको छलफलमा मलगायत केही कमरेडहरूले मतभेद राखिसकेका छौँ, यो महाधिवेशनको विरुद्ध छ र गलत छ,’ श्रेष्ठले भनेका छन् ।

प्रतिक्रिया