मंगलबार, चैत १०, २०८२

एमसीसी आजै संसदबाट पारित गर्ने तयारी:रामचन्द्र पौडेल

मेरोन्यूज २०७८ फागुन १५ गते १२:०८

काठमाडौं । सत्ता गठबन्धन दलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आजै संसदबाट पारित गर्ने तयारी गरेको छ।
नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले आजै संसदबाट पारित गर्ने तयारी गर्ने तयारी रहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले भने,‘व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न हामी सबै सहमत हुने निर्णय भयो,आजै दोस्रो सेसनमा अनुमोदन हुन्छ।’

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल कसरी प्रस्तुत हुने भन्नेबारे बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी भएका थिए। प्रतिनिधि सभामा टेवल भएको एमसीसीमाथि आज छलफल सुरु हुने कार्यतालिका रहेको छ।

प्रतिक्रिया