मंगलबार, माघ ६, २०८२

व्याख्यात्मक घोषणाबारे प्रचण्डले भने : सरकार बच्ने, एमसीसी अनुमोदन हुने उपाय

मेरोन्यूज २०७८ फागुन १५ गते १३:५७

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बचाउ गरेका छन् । उनले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्नेबारे सत्तारुढ गठबन्धनको बचाउ गरेका हुन् ।

आइतबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । लगतै बसेको सत्ता गठबन्धनको बैठकमा प्रचण्डले व्याख्यात्मक घोषणासहितको एमसीसी अनुमोदन गर्ने सहमति गरेका थिए । आजै बस्ने संसद बैठकले प्रश्न उठेको विषयमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने तयारी छ ।

अध्यक्ष प्रचण्डले गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने उपाय हो व्याख्यात्मक घोषणा भएको बताएका छन् । लामो समयदेखि संसद अवरुद्ध गरेको एमालेले १४ सांसद र सभामुखलाई हटाउन लागेकाले यस्ता परिस्थिति आएको उनले तर्क गरे ।

प्रतिक्रिया