मंगलबार, माघ ६, २०८२

संसदमा एमसीसीबारे छलफल जारी, सांसदलाई पाँच मिनेटको समय

मेरोन्यूज २०७८ फागुन १५ गते १५:३५

काठमाडौं । प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले पाँच मिनेट सांसदलाई दिएका छन् । सोहीअनुसार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीमाथि दलहरूबीच व्याख्यात्मक टिप्पणीसहितको घोषणा गर्ने सहमति भएको भन्ने सुनिएको र त्यसलाई सार्वजनिक गर्नुपर्ने बताए ।

नेपालको अहितमा रहेका विषयलाई सच्याएमा एमसीसीको पक्षमा आफ्नो पार्टी उभिन सक्ने बताए ।

उनीपछि एमाले सांसद भीम रावलले धारणा राखेका थिए । भीम रावलपछि नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले धारणा राखेका छन् ।

प्रतिक्रिया