आइतबार, वैशाख २७, २०८३

‘एमसीसी नेपालले माग गरेर आएको हो’

मेरोन्यूज २०७८ फागुन १५ गते १५:५९

काठमाडौं । लोसपाका अध्यक्ष महन्त ठाकुरले अमेरिकी सहयोग परियोजना (एमसीसी) परियोजनाबाट आर्थिक बृद्धिदर समस्या हटाउने सकिने राम्रो पक्ष रहेको बताएका छन् ।

Advertisement
NiccNicc

आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले एमसीसीले आर्थिक समस्या गरिबी हटाउँने जुन भनिएको त्यो निकै राम्रो रहेको बताएका हुन् ।

उनले एमसीसी सम्झौता नेपालले माग गरेर आएको बताए । उनलेभने,‘ नेपाललाई अमेरिकाले जबरजस्त दिएको हैन, नेपालले माग गरेर दिएको हो,अमेरिकाको जुन उध्ेश्य छ त्यो सकारात्मक छ , यसको पक्षमा छौं ।’

अमेरिकाले नेपालका हरेक क्षेत्रमा सहयोग गरिहरेको समेत उनले स्मण गराए ।

पालको ट्रान्समिसन लाइनदेखि सडक निर्माणसम्ममा खर्च गर्नेगरी आउन लागेको अनुदान स्वीकार्नुपर्ने भन्दै उनले नेपालको बौद्धिक सम्पत्ति पनि नेपालकै हुने दाबी गरे । 

ठाकुरले एमसीसी सम्झौतामार्फत आउन लागेको अनुदान नेपालकै पहलमा आएको बताए । उनले सबै प्रक्रिया पूरा गरी एमसीसी सम्झाैता भएकाे दाबी गर्दै यसबाट देशकाे विकास हुने पनि बताए ।

प्रतिक्रिया