मंगलबार, पुष २९, २०८२

एमसीसी सम्झौताका राष्ट्रहितविपरीत रहेकाले खारेज गर्नुपर्छ : दुर्गा पौडेल 

मेरोन्यूज २०७८ फागुन १५ गते १६:३०

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताको व्याख्याको अधिकार अमेरिकासँग रहने उल्लेख भएकाले सदनबाट पारित गर्न नहुने बताएकी छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले एमसीसी सम्झौताका केही बुँदा उल्लेख गर्दै राष्ट्रहितविपरीत रहेकाले खारेज गर्नुपर्ने बताइन् ।
एमसीसी सम्झौता पारित गरेर आत्मघाती कार्य गर्न नहुने भन्दै उनले सम्झौता अनुमोदन गरेमा यसमा भएका सर्त परियोजनाको समय सकिए पनि लागू भइरहने दाबी गरिन् ।

प्रतिक्रिया