अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बलात्कार आरोपित अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
१७ वर्षीय नाबालिग बलात्कारको उजुरी परेपछि फरार रहेका पलले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँमा नै किटानी जाहेरी परेकाले उनले तनहुँ प्रहरी पुगेर आत्मसमर्पण गरेका हुन् ।
शाह प्रहरी कार्यालय पुग्नु अघि नै सामाजिक सञ्जालमा फेसबुक स्टाटस राख्दै आज आफै प्रहरी कार्यालय पुग्ने बताएका थिए ।
प्रहरी नियन्त्रणमा पुगेपछि प्रहरीले पललाई जिल्ला अदालत तनहुँ लगेर अनुन्धानका लागि समय लिएको हो ।
अदालतबाट अनुसन्धानका लागि समय लिएपछि अनुसन्धान अघि बढाएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले जानकारी दिए ।
अभिनेता पल शाहले विगत डेढ वर्षयता नाबालिग गायिकालाई पटक÷पटक बलात्कार गरेको भन्दै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।
आइतबार नै पलविरूद्ध नवलपुर प्रहरीमा पनि बलात्कारको उजुरी परेको छ ।













देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
NC Special General Convention: Election for new leadership today
कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलले दिए उम्मेदवारी
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया