आइतबार, वैशाख २७, २०८३

चुनावअघि एमसीसी राष्ट्रघाती,चुनावपछि ठिक दोहोरो चरित्र छोड्नहोस्

मेरोन्यूज २०७८ फागुन १५ गते १७:४२

काठमाडौं । आफ्नो अगाडी बसेका साथीह्रुलाई हटाउँन नभन्न नेपाली कांग्रेसका सासद मिनेन्द्र रिजालले बताए ।

Advertisement
NiccNicc

आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै नेता रिजालले भने,‘एकै स्थानमा संसदमा बस्नु भएको अनि भन्नु हुन्छ १४ सासदलाई कार्वाही गरौ अनि मात्र संसद चल्छ,नभए एमसीसीमाथिको छलफलमा सहभागि हुन सकिदैन् । के भन्नु भएको तपाईले ? उनले प्रश्न गरे ,‘आफुसँगै हस्ताक्षर गर्ने साथीलाई हटाउँने कुरा नगरौं । ’
अहिले सडकमा मान्छे उचाल्नुभयो, चुनावपछि यो सम्झौता ठिक हुन्छ, चुनावअघि यो राष्ट्रघाती छ भन्नु हुन्छ,अहिले पनि आएर आधा यो सम्झौत ठिक भने आधाले यो वेठिक भन्ने यस्तो खाले राजनिति गर्न उनले आग्रह गरे । उनले नेकपा माओवादीका नेताहरुलाई यस्ताे नगर्न आग्रह गरेका हुन् ।

नेपालको विकासकोे लागि अमेरिका,चीन र भारतको सहयोग लिनुपर्ने उनले बताए । नेपालमा हरेक वर्ष १० खर्ब भएपछि मात्र पुजीगत खर्च आवश्यक पर्ने उनले बताए ।
५२ देशमा एमसीसी लागु भएको छ भने १२ देशमा कार्यान्वयनमा अवस्था छ ।

प्रतिक्रिया