हृदयेश त्रिपाठी एमसीसीको पक्षमा देखिए, श्वेतपत्र जारी गर्न माग
भन्छन्– ब्याख्यात्मक होइन, अपब्याख्या गर्ने काम भयो

काठमाडौं । काठमाडौं । जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने कुरा जायज भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी प्रस्तावमाथिको छलफलमा भाग लिँदै त्रिपाठीले एमसीसी सम्झौता यताबाट नभई गठबन्धनबाटै समस्या रहेको बताए ।
त्रिपाठीले एमसीसी सम्झौताबारे श्वेत पत्र जारी गर्न पनि माग गरे । ‘म त स्वेत पत्र जारी गर्न माग गर्दछु, कसको पालामा के के भएको छ ?’, उनले भने, ‘हाम्रा परिवर्तित रुपहरु श्वेतपत्रबाट देखिनेछ ।’
त्रिपाठीले स्वाभिमानको कुरा गरिनुलाई निबन्ध मात्रै भएको टिप्पणी गरे । सहयोग अनुदान दिने अमेरिकाले नै अहिले साम्राज्यवादको आरोप खेप्नु परेको भन्दै एमसीसीका पक्षमा वकालत गरे ।
सम्झौता संसदमा ल्याउनु गलत भएको अन्य सांसदहरुो भनाईको प्रतिवाद गर्दै त्रिपाठीले संसदमा ल्याएर ठीक गरिएको भन्दै संसदबाट अनुमोदन नगरिए कसैले तुहाउन सक्ने अस्वास्था आउने बताए ।
उनले आफू नै सरकारमा बसेर कार्यकर्तालाई पनि सडकमा उचाल्ने काम गरेको भन्दै सत्ता गठबन्धन दलहरुको पनि आलोचना गरे ।
त्रिपाठीले एमसीसीलाई अपब्याख्या गर्ने काम गरिएको भन्दै गठबन्धनको आलोचना गरे । यो ब्याख्या नभई आफैले अपब्याख्या गर्ने काम गरेको उनको भनाई छ ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्ता सहयात्री दलबाट बच्न पनि आग्रह गरे । ‘बच्नुस् यस्ता साथीहरुबाट, यस्तो संगतले अगाडि बढ्न सकिदैन’, उनले भने, ‘यो अनुदान सहयोग लिनुपर्छ, यो काम समयमै सम्पन्न गर्नुपर्छ ।’










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया