हृदयेश त्रिपाठी एमसीसीको पक्षमा देखिए, श्वेतपत्र जारी गर्न माग
भन्छन्– ब्याख्यात्मक होइन, अपब्याख्या गर्ने काम भयो

काठमाडौं । काठमाडौं । जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने कुरा जायज भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी प्रस्तावमाथिको छलफलमा भाग लिँदै त्रिपाठीले एमसीसी सम्झौता यताबाट नभई गठबन्धनबाटै समस्या रहेको बताए ।
त्रिपाठीले एमसीसी सम्झौताबारे श्वेत पत्र जारी गर्न पनि माग गरे । ‘म त स्वेत पत्र जारी गर्न माग गर्दछु, कसको पालामा के के भएको छ ?’, उनले भने, ‘हाम्रा परिवर्तित रुपहरु श्वेतपत्रबाट देखिनेछ ।’
त्रिपाठीले स्वाभिमानको कुरा गरिनुलाई निबन्ध मात्रै भएको टिप्पणी गरे । सहयोग अनुदान दिने अमेरिकाले नै अहिले साम्राज्यवादको आरोप खेप्नु परेको भन्दै एमसीसीका पक्षमा वकालत गरे ।
सम्झौता संसदमा ल्याउनु गलत भएको अन्य सांसदहरुो भनाईको प्रतिवाद गर्दै त्रिपाठीले संसदमा ल्याएर ठीक गरिएको भन्दै संसदबाट अनुमोदन नगरिए कसैले तुहाउन सक्ने अस्वास्था आउने बताए ।
उनले आफू नै सरकारमा बसेर कार्यकर्तालाई पनि सडकमा उचाल्ने काम गरेको भन्दै सत्ता गठबन्धन दलहरुको पनि आलोचना गरे ।
त्रिपाठीले एमसीसीलाई अपब्याख्या गर्ने काम गरिएको भन्दै गठबन्धनको आलोचना गरे । यो ब्याख्या नभई आफैले अपब्याख्या गर्ने काम गरेको उनको भनाई छ ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्ता सहयात्री दलबाट बच्न पनि आग्रह गरे । ‘बच्नुस् यस्ता साथीहरुबाट, यस्तो संगतले अगाडि बढ्न सकिदैन’, उनले भने, ‘यो अनुदान सहयोग लिनुपर्छ, यो काम समयमै सम्पन्न गर्नुपर्छ ।’
















राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह
कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौं : सभापति लामिछाने
श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि
संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
दार्चुलामा गयाे भूकम्प
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
प्रतिक्रिया