आइतबार, माघ ४, २०८२

रौतहटको देवाहीगोनाही नगरपालिकाका मेयर घुससहित पक्राउ

मेरोन्यूज २०७८ फागुन १५ गते १८:३३

गौर । रौतहटको देवाहीगोनाही नगरपालिकाको मेयर घुससहित पक्राउ परेका छन् । उनलाई नगरपालिका कार्यलयबाटै अख्तियारको टोलीले पक्राउ गरेको हो ।

नगर प्रमुख धरमेन्द्र पटेल झण्डै ४ लाख हाराहारी पैसा घुस लिदाँलिँदै पक्राउ परेको रौतहट प्रहरीले जनाएको छ । उनलाई केही बेरमा सार्वजनिक गर्ने तयारी भईरहेको छ ।

उनी उपेन्द्र यादवको पार्टी जनता समाजवादी पार्टी रौतहटका जिल्ला अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया