मंगलबार, माघ ६, २०८२

बनेपाको आशापुरीमा सुख्खा पहिरोमा पुरिए पाँचवटा सवारी साधन

मेरोन्यूज २०७८ फागुन १५ गते १९:११

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१४ आशापुरीस्थित आशापुरी रोडा ढुंगा सप्लायर्समा ढुंगा लोड गर्ने क्रममा आइतबार दिउँसो सुख्खा पहिरो जाँदा पाँचवटा सवारी साधन पुरिएका छन् ।

पुरीएका सवारी साधनमा २ वटा स्काईभेटर, ३ वटा टिपर र एउटा निशान गाडी छन् ।

पहिरोमा पुरिएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक विपद् व्यवस्थापन टोली र प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले स्काईभेटरका चालक र सहचालकलाई उद्धार गरी उपचारको लागि मध्यपुर ठिमी अस्पताल भक्तपुर पठाएको छ ।

प्रतिक्रिया