आइतबार, पुष १३, २०८२

खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी

मेरोन्यूज २०७८ फागुन १५ गते १९:३८

काठमाडौं । खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकहरुलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याएको छ ।

साथै ग्राहकका लागि १०प्रतिशत क्यासब्याक अफर पनि अघि सारेको छ ।

खल्ती प्रयोगकर्ताले १० प्रतिशत क्यास्ब्याक (रू.१०० सम्म) पाउनका लागि प्रोमोकोड नेशनल १०० प्रयोग गरि प्राप्त गर्न सक्न जनाइएको छ ।

खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।

प्रतिक्रिया