बुधबार, पुष ३०, २०८२

एमसीसीकाे ब्याख्यात्मक घोषणाप्रति चार सांसद असन्तुष्ट

मेरोन्यूज २०७८ फागुन १५ गते २०:५८

काठमाडौं । ब्यवस्थापिका संसदबाट एमसीसी अनुमोदन गर्न नहुने भन्दै विरोध भएपछि गरिएको १२ बुँदे ब्याख्यात्मक घोषणाप्रति चार सांसद असन्तुष्ट देखिएका छन् ।

सम्झौतालाई एकपक्षीय रुपमा गरिएको घोषणाको अर्थ नहुने भन्दै एमाले सांसद भीम रावल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले ब्याख्यात्मक घोषणा अर्थहिन भएको टिप्पणी गरेका हुन् ।

उधारो घोषणाबाट विश्वास हुने ठाउँ नहुने भन्दै उनीहरुले एकपक्षीय घोषणाको अर्थ नहुने बताएका छन् ।
सांसद पोखरेलले एमसीसी प्रस्ताव आज अनुमोदन नगरी अमेरिकाको जवाफ आएपछि मात्रै छलफल गर्न माग गरे ।

प्रतिक्रिया