अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा विस्फोटमा कम्तीमा ११ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले उक्त जानकारी दिएका हुन् ।
बिस्केन खाडी क्षेत्रमा रहेको हलओभर स्यान्डबार नजिक यात्रु बोकेको एक चार्टर डुङ्गामा अचानक विस्फोट भएको हो । फ्लोरिडा वन्यजन्तु तथा जलस्रोत संरक्षण आयोगकी प्रवक्ता मेलिसा ब्रेभिकका अनुसार विस्फोट डुङ्गामै भएको थियो ।
मियामी–डेड अग्नि उद्धार विभागले दिउँसो १२ बजेर ४८ मिनेटमा ‘सम्भावित डुंगा विस्फोट’ भएको सूचना प्राप्त गरेको जनाएको छ । घटनास्थल मियामी बीच नजिकको लोकप्रिय पर्यटकीय क्षेत्र रहेको बताइएको छ ।
उद्धार टोली घटनास्थलमा पुग्दा धेरै घाइतेहरूलाई तत्काल उपचार आवश्यक परेको थियो । घाइतेहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको अधिकारीहरूले बताएका छन् ।
विस्फोटको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ ।
















अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया