कैलाली, कञ्चनपुरमा बन्दको प्रभाव कस्तो छ ?

काठमाडौँ । एमसीसी पास गरेको विरोधमा ६ वटा दल र २ वटा मोर्चाले गरेको नेपाल बन्दको प्रभाव कैलाली र कञ्चनपुरमा सामान्य रहेको प्रहरीले जनाएको छ । बन्दका कारण शैक्षिक संस्था तथा सार्वजनिक यातायातका साधन सुचारु भएका छैनन् ।
हिजो छुटेर जिल्ला भित्रिने क्रममा रहेका लामो दूरीका सवारीलाई भने चल्न दिइएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीमा रिक्सा, मोटरसाईकल लगायत साना सवारी सञ्चालन भइरहेका छन् । मुख्य बजार क्षेत्र बन्द रहेपनि शाखा बजार खुला रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
उनका अनुसार बन्दकर्ताले आज लामो दूरीका सवारीसाधन, विद्यालय कलेज, बजारव्यवसाय बन्द गर्न आह्वान गरेका छन् भने परीक्षा तथा अत्यावश्यक सेवाका गाडी भने चल्न दिने बताएका छन् । देशका विभिन्न स्थानबाट हिजो नै छुटेका सवारी साधनलाई सम्बन्धित स्थानमा पुग्न दिइएको उनले बताए । त्यसका लागि मुख्य राजमार्गमा सुरक्षाकर्मी परिचालन समेत गरिएको उनले बताए ।
कञ्चनपुरमा पनि बन्दका कारण शैक्षिक संस्था र लामो तथा छोटो दूरीका सवारी साधन बन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार कञ्चनपुरमा अटो रिक्सा, मोटरसाइकल सुचारु छन् भने केही निजी ठूलासवारी समेत सञ्चालन भइरहेका छन् । मुख्य बजारबाहेक भित्री बजार भने बन्द नरहेको प्रहरी निरीक्षक बमले बताए ।
















गगन थापाले भने- हतार र हतासमा राजीनामा दिएको थिइनँ
आमाको नामबाट तीन हजारले लिए नागरिकता
इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’का विजेताहरूलाई पुरस्कार वितरण
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
१७ वर्षपछि सिंहदरबारमा फर्कंदै संसद्
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया