आइतबार, माघ ४, २०८२

संसद भवनअगाडि शंकास्पद वस्तु फेला

मेरोन्यूज २०७८ फागुन १६ गते ११:१८
फाइल फोटो

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गरेको भन्दै आज नेपाल बन्दको आह्वान गरिएको छ ।

यही क्रममा आज देशका विभिन्न भागमा शंकास्पद वस्तुहरू भेटिएका छन् । जसमा संसद भवनअगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो । शंकास्पद वस्तु भेटिएसँगै सुरक्षा निगरानी बढाइएको छ ।

उक्त वस्तुलाई डिस्पोज गर्न सेनाको विशेष टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया