आइतबार, वैशाख २७, २०८३

एमालेको सुर्खेत कार्यालय बन्दकर्ताले जलाए, कांग्रेस र माओवादीको कार्यालयमा पनि आगजनी

मेरोन्यूज २०७८ फागुन १६ गते २०:३६

सुर्खेत । सुर्खेतमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पार्टी कार्यलयमा आगजनी गरिएको छ ।

Advertisement
NiccNicc

सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको हो । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलले गरेको बन्द सुर्खेतमा आगजनी र तोडफोड भएको जनाइएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् ।

त्यस्तै, उनीहरुले नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

प्रहरी र बन्दकर्ताबीच साँझ ठाउँ ठाउँमा झडप समेत भएको छ । प्रहरीले केही बन्दकर्तालाई पक्राउ गरेको छ ।

नागरिक खबरदारीलाई बेवास्ता गर्दै एमसीसी संसदबाट अनुमोदन गरिएको भन्दै विप्लव, मोहन वैद्य, मोहन विक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढा, सीपी गजुरेल र चित्रबहादुर केसी नेतृत्वको पार्टी र मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका थिए ।

बन्दको प्रभाव काठमाडौं उपत्यकामा नपरे पनि उपात्यका बाहिरका अधिकांश जिल्ला प्रभावित बनेको थियो । कर्णाली तथा सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी प्रभावित बनेको थियो । कञ्चनपुर लगायतका जिल्लामा प्रहरीले प्रदर्शनकारीलाई कुटेर घाइतेसमेत बनाएको छ ।

प्रतिक्रिया