प्रचण्डसँग नारायणकाजी श्रेष्ठका यस्ता छन् चार असन्तुष्टि

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कुनै दुर्घटनामा परिहाल्यो भने अचम्म नमाने हुन्छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठकावीचमा अहिले तीव्र मतभेद देखा परेको छ ।
दुवै नेताकाबीचमा असमझदारी र मतभेद चुलिँदै जाँदा नेता श्रेष्ठलाई उनी पक्षका नेताहरुले अब माओवादी, माओवादी पार्टी नरहेको र यसले पनि अन्य संसदीय पार्टीलेझैं राष्ट्रियताको पक्षमा एमसीसी अनुमोदन गरेर राष्टघात गरेको भन्दै सम्बन्ध विच्छेदकै सुझाव दिईरहेका छन् ।
आफु पक्षका दुई सांसदलाई पार्टी निर्णय विपरित एमसीसीको विपक्षमा मत ब्यक्त गर्न अह्राएको श्रेष्ठ समुहले अब के गर्ने ? भन्नेमा दुई दिन यता प्रत्यक्ष र भर्चुअल माध्यमबाट समेत छलफल चलाईरहेको छ ।
फागुन २० गतेबाट चल्ने केन्द्रीय समिति बैठकमा जाने नजाने विषयमै वहस शुरु गरेको यो समुहका नेताहरुले बैठकमा सहभागी भएपनि अधयष प्रचण्डलाई अनुशासनको कारवाहीको माग गर्नेदेखि पार्टी ब्रेक गर्नेसम्मका अनेकथरी विकल्पमा छलफल चलाएको छ ।
तर प्रचण्ड र श्रेष्ठका वीचमा अहिले चर्चामा रहेको एमसीसी मात्रै होइन, अन्य अन्र्तयका विवादहरु पनि थिए र त्यो अहिले एमसीसी प्रकरणवाट चर्काे रुपमा मुखरित हुन पुगेको दुवै नेताको कार्यशैलीलाई नियालेका माओवादी केन्द्रका नेताहरु नै बताउँछन् ।
ती नेताहरुका अनुसार, मुखयतः प्रचण्डसँग नारायणकाजी श्रेष्ठका ४ मुख्य असन्तुष्टि यस्ता छन् ।
१) मन्त्री परिषद्मा प्रचण्डको आफुखुसी निर्णय
प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारमा श्रेष्ठ आफै उपप्रधान तथा परराष्ट मन्त्रालय वा अन्य कुनै मन्त्रालय लिएर सरकारमा जान चाहेका थिए । सार्वजनिक रुपमा उनले त्यो आकांक्षा प्रकट नगरेपनि भित्री बैठकमा उनले सरकारमा जाने चाहना ब्यक्त गरेका थिए ।
तर प्रचण्डले देउवासँगको मिलोमत्तोमा उपप्रधानमन्त्री राख्दै नराख्ने निर्णय लिएको र आफुलाई सरकारमा जानबाट रोकेको वुझाईमा श्रेष्ठ छन् । श्रेष्ठ निकट नेताहरुको वुझाई पनि उस्तै छ ।
आफुले सरकारमा जान नपाएपनि यस अगाडी माओवादी सहभागी सरकारमा श्रेष्ठले आफनो भागमा कुनै न कुनै आफु निकटका नेतालाई मन्त्री बनाउँदै आएका थिए । कहिले गिरिराजमणि पाखेरेल, कहिले डिआर पौडेल, कहिले कसलाई उनले मन्त्रीका रुपमा पठाईरहेका थिए । तर यो पटक प्रचण्डले श्रेष्ठको सिफारिसमा कसैलाई पनि मन्त्री बनाएनन । वरु श्रेष्ठको पूर्व समुहमै रहेपनि अहिले श्रेष्ठ समुहबाट अलग रहेका लिलामणि पोखरेलको श्रीमती समेत रहेका नेतृ शसि श्रेष्ठलाई प्रचण्डले भूमिसुधार मन्त्री बनाईदिए । नारायणकाजी श्रेष्ठको सिफारिसका आधारमा भागवन्डाकै रुपमा उनले कसैलाई पनि मन्त्री बनाएनन । त्यसपछि श्रेष्ठ प्रचण्डसाग असन्तुष्ट रहादै आएका थिए ।
२) महाधिवेशनमा आफनो समुह नेता गिरिराजमणि माथिका आक्रमण
नेकपा (माओवादी केन्द्र) को पुस ११ देखि काठमाडौंमा सम्पन्न भएको महाधिवेशनमा आफ्नो समुहका नेता गिरिराजमणि पोखरेलमाथि सुनियोजित आक्रमण गरिएको वुझाईमा श्रेष्ठ र उनी निकटका नेताहरु छन् । पोखरेल केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री भएका बेला खयरमारा महोत्तरीमा जनयुद्ध आरम्भ गदै गर्दाका शहीद रामवृक्ष यादवको नाममा रहेको तत्कालिन जनमुक्ति सेनाको विग्रेडका नाममा स्थापित शालिक निर्मल लामाको नाममा शिक्षालय स्थापनाको निहुँमा भत्काउन लगाएको आरोप माओवादीको महाधिवेशनमा लाग्यो । प्रदेश २ को एउटा समुहका तर्फबाट सत्यनारायण मण्डलले लिखित रुपमा यस्तो धारणा राख्दै यसलाई संघीन अपराध र त्यस्तो अपराधमा पोखरेल सहभागी रहेको बताए ।
उनले उक्त कार्यमा संग्लन्न रहेका गिरिराजमणि पोखरेलसहित अन्य कुनै ‘अपराधी’माथि कारबाही नहुनु पार्टीको गम्भिर कमजोरी रहेको भनेपछि पोखरेलले आपत्ति जनाएका थिए । महाधिवेशनको वन्दशत्रको अध्यक्षमण्डलका सदस्य पनि रहेका पोखरेलले त्यसपछि बन्दशत्रमै सहभागी भएनन् । स्थायी समिति बैठक चल्यो, उनले लिखित रुपमा अध्यक्षलाई सम्वोधन गरेर भावनात्मक पत्र नै लेखे । पछि भगतले आत्मआलोचना गर्ने भन्दै विषयलाई थान्को लगाउने प्रयास भएपछि मात्र पोखरेल बन्दसत्रमा सहभागी थिए । त्यो विषयमा पार्टी धारणा नआउँदासम्म नारायणकाजी श्रेष्ठले पनि बैठक छोडे । अहिले पनि महोत्तरीको शहीदको नाममा रहेको स्कुल मर्ज गर्न पोखरेल लागिरहेको आरोप माओवादीभित्रै उठिरहेको छ । यसमा पनि श्रेष्ठले चित्त वुझाएका छैनन । आफ्नो समुहका एक नेतामाथी निरन्तर भईरहेको आक्रमणले पनि श्रेष्ठ प्रचण्डसाग विच्किएका छन् ।
३) एमसीसी अनुमोदनपछि रडाको
एमसीसी सम्झौता माओवादीको महाधिवेशनले यथास्थितिमा पारित नगर्ने निर्णय गरेको थियो । तर पार्टीभित्र पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो समेत नबनिसकेको अवस्थामा पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकका नाममा प्रचण्डले ब्याख्यात्मक घोषणा सहित सदनबाट एमसीसी अनुमोदनको पक्षमा निर्णय लिएको आरोप श्रेष्ठ पक्षको छ । संसदीय दलमा पनि सोही निर्णय गर्न प्रचण्डले लगाए ।
संसदीय दलको निर्णयलाई स्वीकार गरेपनि पार्टीमा कुनै वैधानिक कमिटि नभएको र त्यसरी गरिएको निर्णय विधान र महाधिवेशनको निर्णय विपरित भएको भन्दै श्रेष्ठले आपत्ति जनाएका छन् । उनले पार्टीले सम्झौता पारित गराएर राष्टघात गरेको आरोप लगाईरहेका छन् । प्रचण्ड भने शान्ति सम्झौता र संविधानको रक्षा गर्ने काम यसले गरेको बताईरहेका छन् । जसकाकारण पनि दुई नेतावीच मतभिन्नता देखिएको छ । श्रेष्ठले निर्णय प्रक्रियामा असहमति जनाएका थिए । उनी निकटका दुई नेता गिरिराजमणि पोखरेल र अन्जना विशंखेले संसदीय अनुमोदनका दिन पार्टी ह्वीप विपरित विपक्षमा मत ब्यक्त गरेका थिए ।
४) प्रचण्डको सार्वजनिक अभिब्यक्ति
एमसीसीले विवाद उत्पन्न गरिरहेकैबेला प्रचण्डले नारायणकाजी श्रेष्ठप्रति लक्षित गदै गरेको अभिब्यक्तिले पनि दुई नेताबीच फाटो बढेको छ । प्रचण्डले सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर नारायणकाजी श्रेष्ठलाई आफुले आफ्नो विचार व्यवस्थित रुपमा राख्नुस् बाहिर नभन्नुस् भनेको तर श्रेष्ठले बाहिर भनेको भन्दै असन्तुष्टि जनाएका थिए । त्यक्तिमात्रै होइन, प्रचण्डले यति भनेपछि सबै जनता उहाँको पक्षमा आउँछन् भन्ने लागेको भएपनि त्यस्तो नहुने टिप्प्णी गरेका थिए । प्रेम सुवाल र महाकाली सन्धिमा वामदेबकै उदाहरण हेरे हुन्छ नि भन्दै श्रेष्ठलाई पनि त्यस्तै लागेको भए स्वतन्त्र निर्णय लिने छुट भएकोसम्म प्रचण्डले बताएका थिए ।
प्रचण्डको यस्तो अभिब्यक्तिले झन् श्रेष्ठ र उनी निकटका नेता चिढिए । श्रेष्ठ पक्षका नेता जीवन गौतमले मेरोन्यूजसँगको कुराकानीमा भने–‘ जुन ढंगले एमसीसीको मामलामा प्रचण्डको गलत प्रवृतिको विरुद्धमा पार्टीभित्रै केही नेताहरुले लडाई लड्नुभयो, लडदै लडदै पार्टीमा पनि भिन्न मत राखनुभयो र संसदमा पनि फलोर क्रस गरेर राष्टियताको पक्षमा, राष्टिय सार्वभौमिकताको पक्षमा जुन ढंगले अडान देखाउनुभयो, त्योबाट प्रचण्ड अत्तालिएर पार्टी छोडन सार्वजनिक आह्रवान गर्नुभयो । त्यो सार्वजनिक आह्रावान हो । उहाँले एमसीसीको विपक्षमा मत राख्नेहरुको अपमान गर्ने काम गरेर आफनो वास्तविक चरित्र देखाउनुभयो । के हो प्रचण्ड भन्ने कुरा उहाँले उदांगो पार्नुभयो । यस बारेमा नारायणकाजी विचार समुहले आफनो धारणा बनाउँछ ।‘













राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया