स्थानीय चुनावमा एमालेसँग गठबन्धन हुने लोसपा अध्यक्ष ठाकुरको संकेत

जनकपुरधाम । स्थानीय चुनाव नजिकिँदो छ । सरकारले बैशाख ३० गतेका लागि स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ । निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ । राजनीतिक दलहरुले चुनावको तयारीका लागि आन्तरिक तयारी शुरु गरिसकेका छन् । सत्ता गठबन्धन दलले स्थानीय चुनाव देखि प्रदेश र संघको चुनावसम्म गठबन्धन निर्माणको कोसिस गर्ने जनाईरहेका बेला सरकार वाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्यको प्रस्ताव अगाडी बढाएको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन् । महोत्तरीको बनौलीमा एक कार्यक्रममा सहभागि हुन जनकपुरधाम पुगेका लोसपा अध्यक्ष ठाकुरले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानीमा यस्तो संकेत दिएका हुन् ।
अगामी स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुन्छ ? भन्ने पत्रकारहरु प्रश्नमा ठाकुरले भने, ‘अहिलेसम्म गठबन्धन हुन्छ वा हुँदैन भन्ने पार्टीले अधिकारिक निर्णय गर्न सकेको छैन । तर ४ दलको गठबन्धन कायम रहेको अवस्थामा हाम्रो गठबन्धन पनि हुन सक्छ ।‘
सत्तागठबन्धनका दलहरुले चुनावसम्मै गठबन्धन कायम रहेने बताइरहेका बेला लोसपाले पनि एमालेसँग गठबन्धन गर्न सक्ने नेताहरुको भनाइ छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहेका वेला लोसपा पनि सरकारमा सहभागि भएको थियो । अध्यक्ष ठाकुरसँग वरिष्ठ नेता शरतसिंह भण्डारी पनि थिए ।













राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया