स्थानीय चुनावमा एमालेसँग गठबन्धन हुने लोसपा अध्यक्ष ठाकुरको संकेत

जनकपुरधाम । स्थानीय चुनाव नजिकिँदो छ । सरकारले बैशाख ३० गतेका लागि स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ । निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ । राजनीतिक दलहरुले चुनावको तयारीका लागि आन्तरिक तयारी शुरु गरिसकेका छन् । सत्ता गठबन्धन दलले स्थानीय चुनाव देखि प्रदेश र संघको चुनावसम्म गठबन्धन निर्माणको कोसिस गर्ने जनाईरहेका बेला सरकार वाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्यको प्रस्ताव अगाडी बढाएको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन् । महोत्तरीको बनौलीमा एक कार्यक्रममा सहभागि हुन जनकपुरधाम पुगेका लोसपा अध्यक्ष ठाकुरले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानीमा यस्तो संकेत दिएका हुन् ।
अगामी स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुन्छ ? भन्ने पत्रकारहरु प्रश्नमा ठाकुरले भने, ‘अहिलेसम्म गठबन्धन हुन्छ वा हुँदैन भन्ने पार्टीले अधिकारिक निर्णय गर्न सकेको छैन । तर ४ दलको गठबन्धन कायम रहेको अवस्थामा हाम्रो गठबन्धन पनि हुन सक्छ ।‘
सत्तागठबन्धनका दलहरुले चुनावसम्मै गठबन्धन कायम रहेने बताइरहेका बेला लोसपाले पनि एमालेसँग गठबन्धन गर्न सक्ने नेताहरुको भनाइ छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहेका वेला लोसपा पनि सरकारमा सहभागि भएको थियो । अध्यक्ष ठाकुरसँग वरिष्ठ नेता शरतसिंह भण्डारी पनि थिए ।
















आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया