आजबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग
मेरोन्यूज
२०७८ फागुन १८ गते ८:०६

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन् ।
बिहान साढे नौ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पौने १ बजे बाँसबारी क्लब र सरस्वती क्लब आमुने सामुने हुनेछन् ।
अपराह्न ४ बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा विरगंज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन् । शीर्ष दुई टोली ए लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।
एन्फाले ए डिभिजन लिग समाप्तीसंगै बी डिभिजन लिग सुरु गर्न लागेको हो ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया