झारफुकको विश्वास गर्दा १५ वर्षदेखि ओछ्यानमा मिलन

खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १० पाथेका (डाँडागाउँका) मिलन गिरी २४ वर्षका भए । हाल उच्च शिक्षा अध्ययन गरिरहेको वा कुनै न कुनै पेसा व्यवसाय अंगाल्नु पर्ने उमेरमा उनी हल न चल भएर ओछ्यानमा लड्न वाध्य छन् । १५ वर्षअघि रुखबाट लडेको चोटका कारण आफैँ ओल्टोकोल्टोसमेत गर्न नसक्ने अवस्थामा छन् मिलन । झट्ट अनुहार हेर्दा स्वस्थजस्तो देखिए पनि घाँटीमुनिका अंग सुकेर दाउरा जस्तो बनेको छ ।
मिलन बाल्यकालमा मावली घर ऐंसेलुखर्क गाउँपालिका-५ महेश्वरीमा बस्थे । कक्षा २ मा अध्ययनरत् रहेको बेला उनी २०६२र०६३ मा दुधिलोको घाँस काट्न रुखमा चढेको अवस्थामा लडेर जमिनमा बजारिन पुगे । जमिनमा बजारिँदा मिलनको कम्मरमुनिको भाग चल्न छाड्यो । ठमठम कुद्दै घाँस काट्न गएका मिलन यता उता सर्न पनि घस्रनुपर्ने अवस्थामा घर फर्किए । उनी उभिन सक्दैनथे । कमजोर आर्थिक अवस्थाका कारण उनलाई स्वास्थ्य संस्थामा उपचारमा लगिएन । बरु धामी झाँक्री लगाइए, झारफुक गरिए । तर, मिलनको मेरूदण्ड निको हुनुको सट्टा झन कमजोर बन्दै गयो । घस्रेरै दिसापिसाव गर्ने गरेका मिलनलाई मावलीबाट २०६५ सालमा घरमा लगिए ।
घरमा पनि मिलन आफैँ घस्रेर शौचालय जाने आउने गर्थे । पिँढीमा बसेर आफैँले लेखेको कविता वाचन गरेर छिमेकीलाई सुनाउँथे । उनको कविता सुनेर कतिपय आफन्त रुन्थे । तर, २०७२ सालपछि भने उनी ओछ्यानबाट उठ्न सकेका छैनन् । शरीर सुकेर निलो भएको देखिन्छ । दिसा पिसाबसमेत ओछ्यानमै गर्न बाध्य छन् । उनको दुबै खुट्टा र दाहिने हात खुम्चिएको छ । खुम्भिएको हात खुट्टा तन्किँदैन । देब्रे हात मात्र सामान्य चलाउन सक्छन् ।
उनले त्यही देब्रो हातले सुतीसुती खाना खाने गरेका छन् । मोबाइल चलाउने गरेका छन् । उनलाई माइली आमातर्फकी बहिनी मञ्जिता गिरीले हेरचाह गर्नेगरेकी छन् । कक्षा ९ मा अध्ययनरत १६ वर्षकी मञ्जिता घर व्यवहार सम्हाल्नुपर्ने भएका कारण अधिकांश कक्षा छुटाउन वाध्य छिन् ।
बुबा जीतबहादुर गिरी मिस्त्रीका काम गर्छन् । आमा नरमायाको २०६५ सालतिरै मृत्यु भइसकेको छ । नरमायाको पनि शरीर नचल्ने समस्या देखिएको केही समयपछि मृत्यु भएको स्थानीय बताउँछन् । मिलनलाई शुभेच्छुकले टिभी किनेर राखिदिएका छन् । उनले त्यही टिभि हेरेर समय कटाउने गरेका छन् ।
लामो समयदेखि ओछ्यानमा थला परेका मिलनले २ वर्षअघिदेखि मात्र अपांगता वापतको सामाजिक सुरक्षाभत्ता पाउन थालेको स्थानीय इन्द्रबहादर गिरी बताउँछन् । उनलाई (क) वर्गको अपांगताको परिचयपत्र प्रदान गरिएको छ ।
















सशस्त्रका नयाँ आईजीपी पौडेलले लाए दर्ज्यानी चिह्न
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया