उत्कर्षमा ओली-सभामुख विवाद : फेरि नयाँ ‘इस्यू’ मा आरोप-प्रत्यारोप
एमसीसी टेबल गर्नुपरे सभामुखले आत्महत्या गर्छु भन्नुभयो : ओली, खेदजनक,काल्पनिक कथ्य, पुष्टि गर्नुस् : सभामुख

काठमाडौं । सभामुख अग्नि सापकोटा र एमाले अध्यक्ष केपी ओली वीच बढेको द्दन्द्दले विश्राम लिने छाँटकाँट छैन । विवाद झन वल्झिदै जान थालेको छ । केपी ओली प्रधानमन्त्री रहेकै बेला देखिएको सभामुख ओली द्दन्द्द फेरि नयाँ शिराबाट वल्झिन खोजेको छ ।
एमालेले माधव नेपालसहित तत्कालिन समयमा नेकपा एमालेमै रहेका १४ सांसदलाई कारवाही गर्न गरेको पत्राचार सभामुखले अल्झाएर एमाले विभाजनमा प्रत्यक्ष भूमिका खेलेको आरोप एमालेले लगाउँदै आएको छ ।
सभामुखले आफुले माधव नेपाल सहति १४ सांसदलाई कारवाही गर्न गरेको पत्राचार कार्यान्वयनमा ल्याएको भए आफनो पार्टी नफुटने र कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बन्ने बाटो समेत बन्द हुने अवस्था रहेकोमा सभामुखले कारवाही नगरेर पूर्वाग्रह पालेको ओलीको आरोप छ ।
त्यही आरोपमा एमालेले गत भदौं २३ यता निरन्तर संसदमा नारावाजी र वेल घेराउ गदै आएको छ । त्यो क्रम वुधबारको संसद बैठकमा पनि देखिएको थियो । सभामुखले कि माधव नेपालसहित १४ सांसदलाई हटाउने गरी सूचना टाँस गर्नुपर्ने या आफुले राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने माग एमालेको छ ।
उसले यो माग छोडेको छैन ।
तर फेरि सभामुख र एमाले अध्यक्ष ओलीका वीचमा अहिले नयाँ विषयले थप द्दन्द्द वढाएको छ । त्यो हो ओली प्रधानमन्त्री हुँदा सभामुखले एमसीसी संसदमा अगाडी बढाउन रोकेको भन्ने ओलीको आरोप । ओलीले मंगलबार पत्रकार सम्मेलन गर्दा वितरित गरेको लिखित वक्तब्यमै आफु प्रधानमन्त्री हुँदा सरकारले दिएको बिजनेस सदनमा प्रस्तुत नगर्नेजस्ता पदीय दायित्व प्रतिकूल व्यवहार सभामुख सापकोटाले देखाएको भन्दै एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिएको बताएका थिए ।
ओलीको त्यस्तो आरोपमा सभामुख सापकोटाले आपत्ति जनाएका छन् । सापकोटाका तर्फबाट उनका सञ्चारविज्ञ श्रीधर न्यौपानेले बुधबार एक वक्तब्य जारी गदै सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेद जनक भएको बताएका छन् । यसले सभामुख सापकोटा र एमाले अध्यक्ष ओलीका वीचको तिक्क्त सम्वनध झन उत्र्कषमा पुग्दै जान थालेको देखिएको छ ।
मंगलवार ओलीले एमाले लेटरहेडमा आफुले हस्ताक्षर समेत गरेर जारी गरेको वक्तब्यमा सभामुखले पदीय मर्यादा विपरीत कार्य गरिरहेको आरोप लगाएका थिए ।‘संसद्मा माननीय सदस्यहरूको अवरोधलाई अनदेखा गर्दै बलमिच्याइँ गर्ने सभामुखको व्यवहार झनै आपत्तिजनक छ । सरकारले दिएको बिजनेस सदनमा प्रस्तुत नगर्नेजस्ता पदीय दायित्व प्रतिकूल व्यवहार गर्दै आउनुभएका सभामुखले कुनै समय एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिनुभयो,’ ओलीले जारी गरेको वक्तव्यमा भनिएको छ, -‘षड्यन्त्रको पटकथा तयार भएपछि भने ‘सभामुख भनेको अम्पायर हो’ भन्नेजस्ता शब्दावली प्रयोगमा ओर्लिनु भयो । यसले उहाँको यो व्यवहार पदीय कर्तव्यको पालनाभन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिन्छ ।’
हेर्नुहोस ओलीको वक्तब्यको अंश

ओलीले पार्टी लेटेरहेडमा सभामुख सापकोटामाथी त्यस्तो आक्षेप लगाएपछि आज सभामुखका प्रेस विज्ञ न्यौपानेले त्यसलाई पुष्टि गर्न चुनौति दिएका छन् । ‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपाने ले जारी गरेको वक्तब्यमा भनिएको छ, ‘लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ । नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनु भएका सम्माननीय सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेद जनक छ । उहाँले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं ।
हेर्नुहोस वक्तब्य


















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
प्रतिक्रिया