शुक्रबार, वैशाख २५, २०८३

परराष्ट्र मन्त्री फागुन २६ मा टर्की जाने

मेरोन्यूज २०७८ फागुन १८ गते १५:२४

काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्का टर्की जाने भएका छन्। आगामी फागुन २६ गते उनी टर्की जान लागेका हुन् । फागुन २७ देखि २९ सम्म (मार्च ११ देखि १३ सम्म) टर्कीको अन्तालिया सहरमा हुन लागेको अन्तालिया डिप्लोमेसी फोरममा सहभागी हुन उनी टकीृ जान लागेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Advertisement
NiccNicc

उक्त फोरममा नेपालको तर्फबाट सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वमा टर्की जाने प्रतिनिधि मण्डल पठाउने निर्णय मन्त्रिपरिषद्ले गरेको कार्कीले जानकारी दिएका हुन् ।

उनका अनुसार मन्त्री खड्का नेतृत्वको टोली अन्तालिया डिप्लोमेसी फोरम र अंकारामा हुने दुई पक्षीय वार्तामा सहभागी हुनेछन्।

उक्त फोरममा विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, नेता, कूटनीतिज्ञलगायत सहभागी हुँदैछन्।

यो फोरम गत वर्षदेखि आयोजना गर्न थालिएको हो।

प्रतिक्रिया