परराष्ट्र मन्त्री फागुन २६ मा टर्की जाने

काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्का टर्की जाने भएका छन्। आगामी फागुन २६ गते उनी टर्की जान लागेका हुन् । फागुन २७ देखि २९ सम्म (मार्च ११ देखि १३ सम्म) टर्कीको अन्तालिया सहरमा हुन लागेको अन्तालिया डिप्लोमेसी फोरममा सहभागी हुन उनी टकीृ जान लागेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उक्त फोरममा नेपालको तर्फबाट सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वमा टर्की जाने प्रतिनिधि मण्डल पठाउने निर्णय मन्त्रिपरिषद्ले गरेको कार्कीले जानकारी दिएका हुन् ।
उनका अनुसार मन्त्री खड्का नेतृत्वको टोली अन्तालिया डिप्लोमेसी फोरम र अंकारामा हुने दुई पक्षीय वार्तामा सहभागी हुनेछन्।
उक्त फोरममा विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, नेता, कूटनीतिज्ञलगायत सहभागी हुँदैछन्।
यो फोरम गत वर्षदेखि आयोजना गर्न थालिएको हो।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया